हामीलाई खोज्नुहोस्   
Quick Contact

नेपाल एग्रो टुरिजमले गरेको सुन्तला खेतीले यस आर्थिक वर्षबाट व्यवसायिक रुपमा उत्पादन सुरु गरेको छ। बजारमा यस फर्मबाट उत्पादित सुन्तलाहरु उपलब्ध गराउन थालिको छ। यहाँका सुन्तलाको प्रमुख बजारहरुमा काठमाडौँ, दोलखाको चरिकोट, जिरी आदी रहेका छन्।  

 

नेपाल एग्रो टुरिजमले पहाडी जिल्ला दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं. १ को केही क्षेत्र र शैलुङ्ग गाउँपालिका वडा नं. ८ को केही क्षेत्र गरी करिव १५० रोपनीमा सुन्तला खेती गरेको छ। यो क्षेत्र सुन्तला उत्पादनको लागि उपयुक्त रहेको छ। यस बगैँचामा अर्गानीक सुन्तला फल फलाउने काम भएको छ। यि सुन्तलाका सबै विरुवाहरु कलमी विरुवाहरु हुन्। जुन कटिङ, लेअरिङ्, ग्राफ्टिङ्गबाट विरुवाको हाँगा, जरा आदी प्रयोग गरी विरुवा उत्पादन गरिएको हो। यो प्रविधिबाट उत्पादन भएका विरुवाहरु माउँबोटमा भएको जस्तो गुण हुन्छ। छिटो फल दिने, काँडा कम हुने, रोग सहन सक्ने क्षमता धेरै भएको र जरा राम्रोसँग फैलिन सक्ने किसिमको हुन्छ।

 

 सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक छ। सुन्तलामा भिटामिन सी प्रशस्त पाइन्छ। सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत पनि हो। भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ। बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम मानिन्छ। 

सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ। यसले छाला, फोक्सो, स्तन, पेट र मलासयमा क्यान्सर लाग्ने जोखिम घटाउँछ। सुन्तला खाइरहनुले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्यामा न्यूनता आउँछ। सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ। सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ। यसको नियमित प्रयोग गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ। सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छ। यिनले मुटुको गतिविधिलाई सुचारु राखी मुटुलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ। पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ। सुन्तला नियमित खान सक्यो भने यो रोगमा केही कमी आउन सक्छ। सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्। यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन्। 

 

पाँचौ साधारण सभा सम्पन्न

६ असोज २०८२, सोमवार

पाँचौ साधारण सभा सम्पन्न

२३ पौष २०८१, मंगलवार

इन्टर्नको लागि जोडिनुहोस्

नेपाल एग्रो-टुरिजमसँग जोडिहोस्, र कृषिसँग सम्बन्धित विषयवस्तुहरु सिक्नुहोस् र अरुलाई पनि सिकाउनुहोस्।