हामीलाई खोज्नुहोस्   
Quick Contact

१. यस कम्पनीको उद्देश्य देहाय बमोजिम हुनेछ ।

क. आधुनिक एवं व्यावसायिक तवरले अर्गानिक अलैंची, कफी तथा फलफूल खेती गर्ने गराउने ।

ख. अलैंची, कफी तथा फलफूल खेतीको लागि बीउ-बिजन तथा बिरुवा उत्पादन एवं बिक्री वितरण गर्ने गराउने ।

ग. नेपाल ब्राण्डेड अन्तर्राष्ट्रिया गुणस्तरको अलैंची, कफी तथा फलफूल उत्पादन गर्ने ।

घ. उत्पादित अलैंची, कफी तथा फलफूल विदेशमा समेत निर्यात गर्ने ।

ङ. दिगो तथा आधुनिक अलैंची, कफी तथा फलफूल खेतीका लागि स्वदेशी तथा विदेशी अलैंची फार्म, कफी फार्म तथा फलफूल फार्मको उत्पादन तथा प्रशोधन केन्द्रहरुको भ्रमण गर्ने तथा समय समयमा सम्बन्धित विषयको गोष्ठी सेमिनार गर्ने गराउने ।

च. आधुनिक तथा वैज्ञानिक तवरले अलैंची, कफी तथा फलफूल खेतिको लागि उपलब्ध भएसम्म स्वदेशी एवं विदेशी विशेषज्ञको राय-सल्लाह तथा सहयोग लिने ।

छ. बेरोजगार तथा विदेशमुखी युवाहरुलाई स्वदेशमै कृषिजन्य खेती गरेर रोजगारीको अवसर तथा जीवनस्तर उकास्न सकीन्छ भन्ने चेतना फैलाउने ।

ज. कम्पनी आफै वा अन्य कम्पनी एवं पर्यावरण संरक्षणजन्य संघ संस्थाको तथा नेपाल सरकारको सहभागीतामा स्वच्छ पर्यावरणको लागि योगदान पुर्‍याउने ।

झ. घरेलु राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आयोजना हुने कृषि मेला, प्रदर्शनी आदी कार्यक्रममा भाग लिने तथा आयोजना समेत गर्ने गराउने ।

ञ. समान उद्देश्य राख्ने स्वदेशी तथा विदेशी कम्पनीहरुको एजेन्सी वा प्रतिनिधित्व प्राप्त गर्ने तथा त्यस्ता कम्पनीसँग मिली सहकार्य समेत गर्ने ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

इन्टर्नको लागि जोडिनुहोस्

नेपाल एग्रो-टुरिजमसँग जोडिहोस्, र कृषिसँग सम्बन्धित विषयवस्तुहरु सिक्नुहोस् र अरुलाई पनि सिकाउनुहोस्।