हामीलाई खोज्नुहोस्   
Quick Contact

दोलखाको चरिकोट, तामाकोशी, रामेछापको मन्थली, ललितपुरको सानेपास्थित MUNAA Bazar तथा काठमाडौँका बुढानिलकण्ठ र बौद्ध क्षेत्रका प्रमुख बजारमा नेपाल एग्रो टुरिजम प्रा.लि. द्वारा उत्पादन गरिएका अर्गानिक, स्वस्थ (Healthy) र स्वादिष्ट सुन्तलाको नियमित बिक्री सुरु गरिएको छ।
कम्पनीले आफ्नै २०० रोपनी कृषि फार्ममा व्यवसायिक रूपमा सुन्तला र कागतिको खेती गर्दै आएको छ। प्राकृतिक विधिबाट उत्पादित यी सुन्तला कुनै रासायनिक अवशेष नभएका, पोषणयुक्त र उत्कृष्ट स्वाद भएको कम्पनीले जनाएको छ।
नेपाल एग्रो टुरिजम प्रा.लि.ले विगत  ५ वर्षदेखि निरन्तर उत्पादन र वितरण गर्दै "फार्मबाट सिधै उपभोक्ता" मोडेल लागू गरेको छ। यसले उत्पादनको ताजगी कायम राख्नुका साथै उपभोक्तालाई भरपर्दो र स्वास्थ्यप्रद फलफूल उपलब्ध गराइरहेको छ।
यसका साथै कम्पनीले कागति, अंलैची, एभोकार्डो पनी उत्पादन गरेर बजारमा यसको वितरण गरिरहेको छ। 
कम्पनीका अनुसार, अर्गानिक उत्पादनको माग बढ्दै गएको अवस्थामा देशको धेरै स्थानमा बिक्री वितरण विस्तार गर्ने तयारी पनि भइरहेको छ।

नेपालमा कृषि पर्यटन

१ मंसिर २०८२, आइतवार

इन्टर्नको लागि जोडिनुहोस्

नेपाल एग्रो-टुरिजमसँग जोडिहोस्, र कृषिसँग सम्बन्धित विषयवस्तुहरु सिक्नुहोस् र अरुलाई पनि सिकाउनुहोस्।