हामीलाई खोज्नुहोस्   
Quick Contact

 

नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र कृषि हो । कृषिले कुल जनसंख्याको ६६ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ भने यस्को कुल ग्राहस्थ उत्पादनमा करिब ३३ प्रतिशत योगदान छ । त्यसैले, कृषि क्षेत्रको विकास राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण छ ।

 

नेपाल एग्रो टुरिजम प्रा.लि.ले नेपालको कृषि क्षेत्रको विकास र समृद्धिको लागि विशेष आर्थिक महत्वका साथ उत्पादनका साधनको रुपमा रहेको प्रचुर जमिन र दुई तिहाई उत्पादक शक्तिको रुपमा रहेको किसानलाई जोडेर उत्पादन बृद्धि गरी राष्ट्रिय पुँजीको सृजना गर्न सक्नेछ । यसका लागि कृषिको व्यवसायीकरण, आधुनिकिकरण तथा औधोगिकीकरण गर्दै कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउँदै आयात प्रतिस्थपन र निर्यात गरी समाजको अग्रगामी रुपान्तरणको दिशामा अघि बढ्न आजको टड्कारो आवश्यकता बनेको छ । कृषि क्षेत्रका बिभिन्न साझेदारहरुसँग समन्वय गर्दै कृषि तथा पशुपंक्षी विकासका कार्यहरु गर्दै दिगो विकासको भोक अन्त्य, खाद्य र पोषण सुरक्षा जस्ता लक्ष्य प्राप्त गर्न कृषि तथा पशुपन्छी विकास कार्यक्रमको ठुलो भूमिका रहन्छ । कृषि तथा पशुपंक्षी विकासको क्षेत्रमा हुने उत्पादनलाई वृद्धि गरी देशलाई कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सकिने आवश्यकता र सम्भावना छ । यसबाट देशको आर्थिक वृद्धिमा योगदान मात्र नभई समावेशी रुपमा आर्थिक वृद्धिको प्रतिफल कृषकहरुमा पुर्याउन सकिने अवसर पनि रहेको छ । गरीबी निवारण, उत्पादक, पूर्ण रोजगारी सिर्जना, सामाजिक एकिकरण र वातावरण संरक्षणमा नेपाल एग्रो टुरिजम प्रा.लि ले राज्यालाई महत्वपूर्ण सहयोग गर्नेमा बिश्वस्त छौ ।