हामीलाई खोज्नुहोस्   
Quick Contact

काठमाडौँ। आगामी बुधबारदेखि अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । 

पुष्प व्यवसायको प्रवर्धन र बजार विस्तार गर्ने उद्देश्यले तिहारलक्षित फ्यानको आयोजनामा ललितपुरको जावलाखेल मैदानमा प्रदर्शनी हुन लागेको हो ।  मेलामा ९० वटा स्टल राखिने छ । गोदावरी फूलको विविध प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम रहेको छ । प्रदर्शनीमा गोदावरी फूलको प्रजातिका फूल बिरुवासहित ४२० भन्दा बढी प्रकारका फूल बिरुवा राखिने छ । सयपत्री, मखमली तथा अन्य सिजनल फूलका साथै सजावटका बोटबिरुवासमेत प्रदर्शनीमा बिक्रीवितरण हुने गर्छ । 

प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड ३० लाख बढीको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ । फ्यानले प्रत्येक वर्ष तिहारका बेला मेला आयोजना गर्ने गरेको छ । मेला आगामी कात्तिक २ सम्म चल्ने छ । 

नेपालमा कृषि पर्यटन

१ मंसिर २०८२, आइतवार

इन्टर्नको लागि जोडिनुहोस्

नेपाल एग्रो-टुरिजमसँग जोडिहोस्, र कृषिसँग सम्बन्धित विषयवस्तुहरु सिक्नुहोस् र अरुलाई पनि सिकाउनुहोस्।