पर्यावरणीय आवश्यकता :
अलैंची खेतीको लागि १० देखि २२ डिग्री सेन्टिग्रेड तापक्रम उपय मानिन्छ । तर १० देखि ३० डिग्री सेन्टिग्रेडसम्म पनि खेती गर्न सकिन्छ । डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम भयो भने बिरुवाको राम्रो सँग विकास हुँदै यसैगरी ३० डिग्री सेन्टिग्रेड भन्दा बढी तापक्रम भएमा परागसेचन कार्यमा असर पर्दछ र फूलहरु पनि कुहिएर जान्छन् । अलैंची खेतीको लागि बढी ना हिमपात पर्ने ठाउँ उपयुक्त हुँदैन यस्तो ठाउँमा बिरुवा नै मर्ने सम्भावना हन्छ । अलैंची एक छायाँप्रिय (shade loving) वनस्पति हो । यसको खेतीको लागि सूर्यको प्रकाश सिधै पर्न गएमा पातहरु पहेंलिदै जान्छन् र झ्यांग पनि बिस्तारै मई जान्छ । तर आवश्यकता भन्दा बढी छहारी भयो भने पनि उत्पादनमा नकारात्मक असर पर्दछ ।जमिनको तयारी :
पानी नजम्ने र चिस्यान रहिरहने भिरालो, सेपिलो, दोमट माटो भएको जमिन छनोट गरेपछि सर्वप्रथम जमिनमा भएका झारपातहरु हटाएर जमिनलाई सफा बनाउनुपर्दछ । छहारीको पनि माथि उल्लेखित अनुरुप व्यवस्थापन गर्नु पर्दछ । अलैंची रोप्नु भन्दा एक दुई महिना अगाडि नै बिरुवा रोप्नको लागि खाडलहरु तयार गर्नुपर्दछ । खाडलहरु तयार गर्ने क्रममा कुन जातको अलैंची लगाउने हो त्यहि अनुसार खाडलहरुको दुरी निर्धारण गर्नुपर्दछ सामान्यतया खाल्डोको गहिराई ३०-४५ से.मि. र ब्यास ६० से. मि. भएको उपयुक्त हुन्छ । यसरी खाडल खनिसके पछि १५ दिनसम्म केही नगरी खला छाडनपर्छ र १५ दिनपछि ५-१० केजी पाकेको गोठको मल वा पाकेको कम्पोष्ट मलमाटोमा मिसाएर खाडल पुर्नु पर्दछ ।खाडल पुर्दा मल र माटो जमिनको सतह भन्दा केही माथि सम्म हुने गरी राख्नु पर्दछ जसकारण पछि माटो बसिसकेपछि जमिनको र खाडलको सतह बराबरर समान हुन आउँछन् र पानी जम्न पाउँदैन । मलहरु संगै २०० ग्राम तोरीको पिना र निमको पिनाहरु पनि खाडलमा मिसाउँदा फलदायी हुन्छ । खाल्डो तयार भएपछि पुर्नु अघि जमिनमा रहेका सुकेका पात पतिंगर खाडलमा राखी डढाउनाले माटोमा हुने विभिन्न रोगका जीवाणुहरु मरी माटोको निर्मलीकरण हुन्छ । खाडल पुर्नुपूर्व माटोमा रहने हानिकारककीराहरुलाईमार्न प्रति खाडल ४-५ ग्राम क्लोरोपाइरिफस वा मालाथियन धुलो समेत मिसाउन सकिन्छ ।बिरुवा रोपाई :
१. बिरुवा रोप्ने समय
जेष्ठ देखि श्रावण महिनाको मध्यसम्म अलैंची रोप्नको लागि उपयुक्त समय हो । भदौको अन्तिम समयसम्म पनि बिरुवाहरु रोप्ने गरेको पाइन्छ । ढिला रोप्नाले राम्रोसंग जरा र टुसा हाल्न सक्दैनन् र राम्रोसंग विकसित हुन सक्दैन । यसकारण अलैंचीको बिरुवा रोप्ने समय एकदम रोप्दा माटोमा चिस्यान हुन जरुरी भएकाले मनसुनी वर्षा समयलाई अलैंची रोप्नको लागि उपयुक्त मानिन्छ । यसरी समयमै रोपेको लाहरुले ३०-४५ दिन भित्र टुसा हाल्न थाल्छन् ।२. बिरुवा रोप्ने गहिराई
तयार गरिएको खाडलमा ८-१० से मि गहिरो गरेर बिरुवा रोप्नुपर्दछ । धेरै गहिरो रोप्नाले गानो कुहिने समस्याको डर हुन्छ ।३. बिरुवाको उपचार
नर्सरीको झ्यांगबाट बिरुवाहरु छुट्टयाउँदा बिरुवाहरुमा चोट लाग्ने सम्भावना बढी हन्छ । यिनै चोट र घाउहरु बाट जीबाणु छिरि बिरुवानै मार्न सक्छन् । यसकारण रोप्नपर्व बिरुवाहरुको उपचार गर्न जरुरी हुन्छ । यसका लागि छुट्याइएका बिरुवाहरुलाई २ ग्राम कप्पर अक्सिक्लोराइड प्रति लिटरपानीमा मिसाएर बनाएको झोलमा १५-२० मिनेटसम्म डुबाएर राख्नु पर्दछ । यसरी उपचार गरिएका बिरुवाहरुलाई केही समय छायाँमा राखी ओभाउन दिनुपर्दछ र लगत्तै रोप्नुपर्दछ ।४. बिरुवा रोप्ने तरिका
उपचार गरेर रोप्न तयार भएका अलैंचीका बिरुवाहरुलाई १ महिना अगाडि तयार पारिएको खाडलमा ३ वटा बिरुवा प्रति खाडलका दरले रोप्नुपर्दछ । बिरुवाहरु त्रिकोणाकारमा रोप्नु पर्दछ । यसरी रोप्ने बिरुवाहरुमा एउटा पाना, १ -२ वटा जराहरु र दुईवटा टुसा हुनुपर्दछ । यसरी ३ वटा बिरुवाहरु संगै रोप्नाले झ्यांग छिटै झ्यांगिन्छ र कुनै बिरुवा मरेर गएपनि खाडल रित्तो हुँदैन । बिरुवाको अभावमा प्रति खाडल २ वटा बिरुवा पनि रोप्न सकिन्छ । तर बिरुवाको संख्या कम हुनाले झ्यांग फैलिन अलि बढी समय लाग्छ । यदि सार्न तयार गरिएका बिरुवाहरु ६० से. मी. भन्दा अग्लो छन् भने बिरुवा नजिकै घोचा गाडेर बिरुवालाई त्यसमा बाँध्नुपर्छ । यसो गर्नाले बिरुवाहरुलाई सिधा राख्नर बढी हावाको कारण बाट पनि बच्न मद्दत पुग्छ ।२. उकेरा दिने
अलैंची बगान पुरानो हुँदै जाँदा गानो वरिपरीको माटो पानीले बगाउँदै लजान्छ र गाना र जराहरु जमिनमाथि निस्कन्छन् । यसले गर्दा उत्पादनमा ह्रासआउँछ । यसकारण यस्ता झ्यांगहरुको समयमै उकेरा दिई संभा जमिन भिरालो छ र माटोले उकेरा दिन सकिदैन भने गानोको वरिपरी १५-२० सेमी लामो बाँसका किलाहरु गाडी त्यसमा स्याउला, फाँडिएका लाँक्राहरु वा झारपातहरु हाल्नु पर्दछ । यसो गर्नाले वर्षायाममा पानीले माथिबाट बगाएर ल्याएको माटो जम्मा हुन पाउँछ र गानाहरु पुरिन्छन् ।३.नल हाल्ने
फल लागिसकेका डाँठ र लाँक्राहरुलाई फल टिप्नुभन्दा २०-३० दिन अगाडि गानोबाट ३०-३५ से मी माथि काट्ने कार्यलाई “नल हाल्ने” भनिन्छ । यसो गर्नाले दाना लागेका लाँक्राहरु छुट्याउन र फल टिप्ने काम पनि सजिलो हुन्छ। यसरी अलैंचीको बगानको अवस्था हेरी वर्षमा कम्तिमा दुई पटक देखि पाँच पटक सम्म गोडमेल गर्नु पर्दछ ।४. सिंचाई
अलैंचीलाई मात्र नभई अन्य हरेक बिरुवाहरुलाई विकास र वृद्धिको विभिन्न चरणहरुमा पानी अत्यावश्यक हन्छ । पानीको अभावमा बिरुवाका विकास राम्रो हुँदैन र उत्पादनमा पनि कमी असार श्रावण महिनामा प्राकृतिक वर्षा हुने भएकाले सिंचाईको
आवश्यकता पर्दैन । सामान्यतया अलैंचीको फल टिपिसकेपछि सिंचाई दिन सक गर्नपर्दछ । अबेर मनसुन वर्षाको चिस्यान माटोमा रहिरहने भएकाले कार्तिक देखि माघ महिनासम्म १० दिनको अन्तरालमा सिंचाई दिनुपर्छ । त्यसपश्चात् फाल्गुन देखि बैशाख जेष्ठ सिंचाईको हिसाबले अत्यन्त महत्वपूर्ण अवस्था मानिन्छ । यो समयमा मौसम सुख्खा रहने, तापक्रम बढ्ने र प्राकृतिक वर्षा नहुने गर्दछ । फल फुल्ने र फल लाग्ने पनि यसै समयमा हुन्छ । यसकारण यदि यो समयमा सिंचाईको अभाव हुन आएमा उत्पादनमा ठुलो ह्रास आउँछ । तसर्थ फाल्गुन देखि जेष्ठसम्म महिनाको ५-६ पटक सिंचाई गर्नुपर्दछ । यदि यो समयमा पानीको स्रोत कम भएर लगातार सिंचाई गर्न सकिदैन भने फाल्गुन महिनादेखि नै सिंचाई बन्द गर्नुपर्दछ । किनकि चैत-बैशाखमा जमिनमा तापक्रम बढिसकेपछि बिराएर सिंचाई दिँदा जमिनको तातो बाफले अलैंचीका जरा र फूलहरु कुहिने गर्छन् । सिंचाई गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा के हो भन्दा सिंचाई गर्दा बिरुवाको नजिक पानी जम्नु हुँदैन, पानी बगिरहनुपर्छ । सिंचाई गर्दा कुलोबाट, स्प्रिंकलर वा थोपा सिंचाईबाट गर्न सकिन्छ । सिंचाई गर्दा बगानको सबै क्षेत्रमा बराबर पानी बग्ने व्यवस्था मिलाउनुपर्छ । एकै ठाउँबाट धेरै पानीको भल बग्न दिएमा माटो बगेर जान्छ र अरु ठाउँहरुमा पानीको अपुग हुन्छ । पानी जम्ने ठाउँहरुमा पानीको निकासको प्रबन्ध मिलाउनुपर्छ ।५. मलखाद
अलैंचीको बगैंचामा किसानहरुले मलखाद प्रयोग गरेको पाइदैन । तर लामो समयसम्म अलैंची बगानको माटोमा रहेको खाद्यतत्व बिरुवाहरुले लिइसकेको हुनाले माटोको खाद्यतत्वमा कमी नहोस भन्नका लागि समयसमयमा मलखादको प्रयोग गर्नुपर्दछ । केहि किसानहरुले अलैंचीको बगानमा प्रांगारिक मल दिने गरेको पनि पाइएको छ । बर्षमा दुईपटक राम्ररी पाकेको गोबर वा कम्पोष्ट मल राख्दा माटोमा मलिलोपना बढ्दै जान्छ र उत्पादनमा पनि वृद्धि आउँछ । उत्तिसको रुख रोप्नाले पनि माटोमा नाइट्रोजन सन्चय गर्न मद्दत गर्छ । अझ मजाले उत्पादन लिने हो भने नाइट्रोजन, पोटास र फोस्फोरसलाई उचित मात्रामा माटोमा मिलाउनुपर्छ । मलखाद दिने क्रममा जरा वा गानोलाई छुवाउने गरी दिन हुँदैन अन्यथा जराहरु मर्छन् । जरा र गानोलाई चोटपटक नपुर्याई औंठी आकारको कुलेसो बनाई मल राख्नुपर्दछ र माटोले पुर्नुपर्दछ ।टिपाईपछिका कार्यहरु :
१. धुंगा गुम्स्याउने
अलैंचीको डुंगाहरु टिपेपछि २-३ दिनसम्म ओभानो र छायाँ भएको कोठामा थुप्रो बनाएर गुम्साएर राख्नुपर्दछ । यसो गर्नाले थुप्रोको तापक्रम बढ्न गई का टप्पा पट्टिका दानाहरुले पनि राम्ररी पाक्ने समय पाउँछन । तर धेरै लामो समयसम्म गुम्स्याइयो भने फलहरु कहिने सम्भावना बढी हुन्छ । गुम्स्याउने क्रममा डुंगाहरुलाई फर्काउने र फिजाउने गर्नुपर्दछ ।२. फल छुट्टयाउने
जगा गम्स्याउने कार्य सकिएपछि एक एक गरी धुंगाबाट फलहरु छुट्याउन कटयाएपछि फलहरुलाई राम्रो संग सफा पानीमा धोएर फोहोर, माटो धलो आदि हटाउनुपर्छ । यसपश्चात तुरुन्तै दानाहरुलाई सुकाउनुपर्दछ अन्यथा दानाहरु कुहिन थाल्छन् ।३. सुकाउने
अलैंचीका दानाहरुमा ८०-९०% पानीको मात्रा हुने हुँदा टिपेपछि तुरुन्तै सुकाउनु पर्दछ । नसुकाइकन भण्डारण गरियो भने दानाहरु कुहिन्छन् । दानाहरु सुकाएर पानीको मात्रा १०-१२% मा झरेपछि मात्र भण्डारण गर्न उपयुक्त हुन्छ ।३.१- घाममा सुकाउने
कम परिमाणमा अलैंची उत्पादन गर्ने किसानहरुले दानाहरुलाई घाममा सुकाएर पानीको मात्रा कम गराउने परम्परागत तरिका हो । यसरी घाममा सुकाइएका अलैंचीहरु सक्न धेरै समय लाग्ने गर्छ र दानाहरु पनि पूर्ण रुपले सुक्न सक्दनन् । अलैंची टिपेर सुकाउने समयमा (असोज मंसिर मौसम प्रतिकुल हुने ) बर्षा, कुहिरो आदि हुँदा सुकाउने कार्यमा बाधा आउने गर्छ । सुक्नलाई धी समय लाग्ने हुँदा ढुसी लाग्ने सम्भावना पनि बढी हुन्छ । यसकारण यो तरिकालाई खासै उपयुक्त मानिदैन । अलैंची सुकाउन चाहिने उपयुक्त तापक्रम ४५ देखि ५० डिग्री सेन्टिग्रेड हो ।३.२- भारमा सुकाउने
अलैंची सुकाउन प्रयोग गर्न सकिने यो तरिका पनि थोरै मात्रामा अलैंची उत्पादन गर्ने किसानहरुले प्रयोग गरेको पाइन्छ । यस तरिकामा अलैंचीका दानाहरुलाई बाँस र निगालोले बुनेको मान्द्रो माथि राखिन्छ र मान्द्रोलाई घरको आगो बाल्ने चुल्हो माथि काठ वा बाँस राखी त्यस माथि राखिन्छ । यसरी सुकाएका अलैंचीका दानाहरुको रङ ध्वाँसे हुन्छ र आन्तरिक गुणहरुमा समेत असर पर्दछ जसकारण बजारमूल्य नै कम हुन जान्छ ।३.३- भट्टीमा सुकाउने
भट्टीमा अलैंची सुकाउने प्रविधि नेपालमा अत्यन्तै प्रचलित रहेको छ । आजकल अलैंची सुकाउन किसानहरुले परम्परागत रुपमा निर्माण गरिएका स्थानीय भट्टी देखि लिएर सुधारिएको स्थानीय भट्टी र अन्य आधुनिक भट्टीहरु पनि प्रयोग गरेको पाइन्छ ।अलैंचीमा मुख्यगरी देखिने रोगहरु र तिनको व्यवस्थापन यस प्रकार छनः
१. गानो कुहिने रोग
गानो कुहिने रोग नर्सरी र अलैंची बगान दुवै ठाउँमा भेट्न सकिन्छ । योरोग राइजोक्टोनिया सोलानी ढुसीहरुबाट लाग्दछ । यो रोग गानो र ठाँड जोडिएको ठाउँबाट सुरु हुन्छ । बिस्तारै सम्पूर्ण बिरुवा नै ओइलाउँदै जान्छ र अन्त्यमा मर्दछ ।रोकथाम :
बगान सफा राख्ने ।
स्वस्थ नर्सरीको स्वस्थ बिरुवा प्रयोग गर्ने ।
गोडमेल गर्दा गानोलाई चोटपटक नपुर्याउने ।
बिरुवा वरिपरी पानी जम्न नदिने, निकासको व्यवस्था राम्रो बनाउने, रोगी श्यागबाट पानीको निकास स्वस्थ झ्यांगमा नगराउने।
रोगी बिरुवालाई उखेलेर नष्ट गर्ने ।
रागा माटोलाई फर्मालिन ले उपचार गरेर १५ दिनपछि मात्र स्वस्थ बिरुवा रोप्ने ।२. पात सड्ने वा डढ़वा
अलैंचीको पात सड्ने वा डढुवा रोग। नामक ढुसीहरुले गर्दा लाग्दछ । डढुवा मुख्य गरी नर्सरीमा रहेका स-साना बिरुवाहरुमा लाग्दछ । बढी आद्रता र चिस्यान हुने वर्षा याममा यो रोगको प्रकोप बढी हुन्छ ।रोगको लक्षणहरु :
यस रोगको सुरुवातमा पातहरुको टुप्पो वा छेउमा पानीले भिजेजस्ता थोप्लाहरु देखिन्छन् । बिस्तारै तापक्रम र आद्रता बढ्दै जाँदा थोप्लाहरु बढ्दै गएर पुरै पातभरि फैलन्छन् । यी थोप्लाहरुले ढाकिएको भागहरु बिस्तारै कुहिन थाल्छन् । पछि गएर सम्पूर्ण पात नै डढेर मर्छ । पात कुहिन थालेपछि सम्पूर्ण बिरुवामा ढुसी फैलिन थाल्छ । बिस्तारै कलिला डाँठहरु हुँदै पानाहरुमा पनि फैलिन्छ र अन्त्यमा बिरुवा नै कुहिन थाल्छ।रोकथाम :
बगान सफा राख्ने।
पानी जम्न नदिने, निकास राम्रो बनाउने।
रोगको लक्षण देखिन थालेपछि वा वर्षा सुरु हुन साथ डाईथेन र कप्पर अक्सिक्लोराइड र बोर्डेक्स मिक्सचर अथवा अन्य जैविक बिषादीहरु पानीमा मिसाएर झोल बनाएर १०-१५ दिनको अन्तरमा २-३ पटक बिरुवामा छर्कने ।
बिरुवा रोप्दा बेभिष्टिन जस्ता ढुसीनासक बिषादीमा डुबाएर मात्र रोप्ने ।
बगान सफा राख्ने।
अलैंचीमा बोट ओइलाउने रोग अन्य रोगहरुभन्दा अत्यन्तै बिनासकारी मानिन्छ ।
हरेक उमेरका बोटहरुमा यो रोगको प्रकोप हुन्छ ।३. छिर्के रोग :
छिर्के रोग अलैंचीमा लाग्ने एक महत्वपूर्ण भाइरल रोग हो । यो रोग छिर्के विषाणु भाइरसले गर्दा लाग्दछ। छिर्के विषाणु मुख्य गरी आरु र मकैमा लाग्ने लाही कीराले बोटको रस चस्ने क्रममा एक बिरुवाबाट अर्कोमा सर्दछ । यसका साथै रोगी बोटका गानोबाट र रोगी बोटको रसबाट पनि सर्दछ । यो रोग बीउ र माटोबाट भने सर्दैन ।रोकथाम
सकेसम्म गानोबाट भन्दा स्वस्थ बोटबाट निकालिएका स्वस्थ बगान सफा राख्ने, झारपात हटाउने।
छिर्के रोग सार्ने लाही कीराको नियन्त्रण गर्न सिस्टेमिक ढुसीनासक बिल प्रयोग गर्ने ।
यसका लागि मालाथायन वा मेटासिष्टक्स ९० वा रोगर ९० % पानीको झोलमा मिसाएर छर्कने।
लाही कीरालाई आश्रय दिने केरा, मकै, चुरुम्फा ९जङ्गली अलैंची आरुका बोटहरु बगान वरिपरी नराख्ने
उचाई अनुसार रोग सहन सक्ने जातहरु लगाउने।४. फुर्के रोग
रोकथाम
क. रोग सार्ने लाही कीराको व्यवस्थापन गर्ने ।
ख. यसका लागि रोगररमालाथियन मेटासिस्टक्स जस्ता किटनासक विषादीको प्रयोग गर्ने
ग. स्वस्थ रोगरहित बिरुवाहरु मात्र रोप्ने।
घ.सकेसम्म गानोबाट प्रसारण नगर्ने, तन्तु प्रसारण विधिबाट निकालिएका बिरुवाहरु रोप्ने।
ङ.लाही कीरालाई आश्रय दिने केराका बोटहरु बगैंचा वरिपरिबाट हटाउने बगैंचा सफा राख्ने।
च. रोग लागेका र वरिपरिका झ्यांगहरु पनि उखेलेर जलाउने वा गाड्ने ।
छ. १५०० मीटरभन्दा तलको उचाईमा नर्सरी राख्दा जालीको प्रयोग गर्ने।अलैंचीमा मुख्यगरी देखिने कीराहरु र तिनको व्यवस्थापन :
१. गबारो
व्यवस्थापन
कीरा लागेका सराहारू उखेलेर नष्ट गर्ने ।
बगैंचा र नर्सरी सफा राख्ने।
निम, सिस्नु, खुर्सानी, मट्टीतेल, साबुन, गहुँत पानिमा मिसाएर जैविक विषादी बनाएर छर्कने।
क्षेती बढी भएमा भएमा साइपरमेथ्रिनररोगररडीमोक्रेन जस्ता किटनासक विषादीहरुको पानीमा झोल
बनाएर छर्कने।
गबारोलाई आश्रय दिने अंडिर बगानको वरिपरिबाट हटाउने।२. झुसिलकीरा
व्यवस्थापन
बगान सफा राख्ने।
अण्डा रहेका पातहरु टिपेर गाड्ने वा जलाउने।
बत्तिको पासो थापी पुतलीको नष्ट गर्ने ।
वानस्पतिक विषादीहरू छर्कने।
झुसिलकीराको प्राकृतिक शत्रुहरु जस्तै बारुलो, नमस्ते कीरा आदि को संरक्षण गर्ने।
साइपरमेथ्रिन रोगर मलाथियन नुभान नामक किटनासक विषादी पानीमा झोल बनाएर छर्कने।३. लाही कीरा
व्यवस्थापन
क. मालाथियन र रोगर मेटासिस्टक्स् र नुभान जस्ता विषादीहरुको पानीमा झोल बनाई १५ – २० दिनको फरकमा छर्कने।
ख.नर्सरीमा बिरुवाहरु हुर्काउँदा जालीको प्रयोग गर्ने ।
ग.लाही कीरालाई आश्रय दिने मकै, आरु, केरा, चुरुम्फा आदि जस्ता बोटहरु बगान वरिपरिबाट हटाउने
घ. जैविक तथा वानस्पतिक विषादी बनाएर छर्कने।
ङ.बगान सफा राख्ने
६ असोज २०८२, सोमवार
२९ वैशाख २०८१, शनिवार
२१ वैशाख २०८१, शुक्रवार