हामीलाई खोज्नुहोस्   
Quick Contact

एभोकाडोलाई नेपालीमा घिउ फल भनिन्छ । समुन्द्री सतह बाट २५०० मिटर सम्म यसको खेती गर्न सकिन्छ । स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन्। विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाजनक तत्व हुने बताएका छन्।

 

नेपालका विभिन्न ठाउँमा एभोकाडो फेलेको पाइएपनि मानिसहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन्। संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ।

 

नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन्। पाखा, खोला बगर  वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ।  एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको  ३  देखि ५ वर्षमा फल दिन सुरू गर्ने यसको एकै बोटमै १ हजार किलो (१ सयदेखि ५ सयओटा फल)सम्म फल्न सक्छ।

 

नेपाल एग्रो टुरिजमले पहाडी जिल्ला दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं. १ को केही क्षेत्र र शैलुङ्ग गाउँपालिका वडा नं. ८ को केही क्षेत्र गरी करिव १० रोपनी जग्गामा एभोकाडो खेती गरेका छौँ। यो क्षेत्र एभोकाडो उत्पादनको लागि उपयुक्त रहेको छ। हाम्रो बगैँचामा उत्पादित एभोकाडो स्थानीय बजारमा खपत हुने गरेको छ। एभोकाडोको गुणस्तरिय विरुवा पनि नेपाल एग्रो टुरिजमले बिक्री वितरण गर्दै आइरहेको छ।

 

 

इन्टर्नको लागि जोडिनुहोस्

नेपाल एग्रो-टुरिजमसँग जोडिहोस्, र कृषिसँग सम्बन्धित विषयवस्तुहरु सिक्नुहोस् र अरुलाई पनि सिकाउनुहोस्।