हामीलाई खोज्नुहोस्   
Quick Contact

कागती खेती एक महत्वपूर्ण नगदे वालीको रुपमा विकसित हुँदै आइरहेको छ। व्यवसायिक रुपमा कागती खेतीको लागि पानी नजम्ने समुन्द्री सतह देखी १०० मिटर देखी १४०० मिटरसम्मको उचाई उपयुक्त मानिन्छ। गुणस्तरिय फल उत्पादनको लागि दिनमा ८ देखि १० घण्टा सूर्यको प्रकाश पर्ने तापक्रम १० देखी ३५ डिग्री सेल्सियर बिच रहने र हुस्सु नलाग्ने स्थानी उपयुक्त हुन्छ

 

नेपालमा कागती खेती निर्वाहमुखी रुपमा भएकोले नेपालमा उत्पादित कागतीले बजारको माग पुरा गर्न सकेको छैन। नेपालको सहर बजारको कागती मागको करिव ९० प्रतिशत हिस्सा भारतबाट आयातित कागतीले पुरा गरेको पाइन्छ।

 

हाम्रो बगैँचामा उत्पादित कागतीहरु स्थानीय बजारमा खपत हुने गरेको छ। कागतीको गुणस्तरिय विरुवा पनि नेपाल एग्रो टुरिजमले बिक्री वितरण गर्दै आइरहेको छ।

 

नेपाल एग्रो टुरिजमले पहाडी जिल्ला दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं. १ को केही क्षेत्र र शैलुङ्ग गाउँपालिका वडा नं. ८ को केही क्षेत्र गरी करिव २५ रोपनी जग्गामा कागती खेती गरेका छौँ। यो क्षेत्र कागती उत्पादनको लागि उपयुक्त रहेको छ। हाम्रो बगैँचामा उत्पादित कागतीहरु स्थानीय बजारमा खपत हुने गरेको छ। कागतीको गुणस्तरिय विरुवा पनि नेपाल एग्रो टुरिजमले बिक्री वितरण गर्दै आइरहेको छ।

 

कागती रसले खाना रुच्ने, कब्जियतनाशक, शीतलता प्रदान गर्ने एवं सौन्दर्यवर्धक फल हाे। यसको प्रयोगबाट झाडापखाला, चर्मरोग, अमलपित्त, पेटको रोग, बाथ, दाद, ज्वरो र रूघा आदि रोगबाट मुक्ति पाउन सकिन्छ।

इन्टर्नको लागि जोडिनुहोस्

नेपाल एग्रो-टुरिजमसँग जोडिहोस्, र कृषिसँग सम्बन्धित विषयवस्तुहरु सिक्नुहोस् र अरुलाई पनि सिकाउनुहोस्।