अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, समान्य गोडमेल, मलखाद र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भएपनि सजिलै बिक्री हुने आदी कारणले किसानहरुका लागि यो बरदान सावित भएको छ। अलैँची भूक्षय रोक्न पनि उपयोगी मान्निछ। अलैँची खेती गर्न समुन्द्री सतहदेखी ७०० मिटर देखी २२०० मिटरसम्मको उचाई, ८ देखी १० डिग्री सेल्सियस तापक्रम, दोमट माटो र वार्षिक १५०० देखी ५००० मिलिमिटर वर्षा हुने सेपिलो उत्तर मोहडा भएको ठाउँ उपयुक्त मानिन्छ। मसला र औषधिको रुपमा प्रयोग हुने हुनाले विश्व बजारमा अलैँचीको माग बढेसँगै विगत केही वर्षदेखी अलैँची खेतीको व्यापक विस्तार भैरहेको छ। अलैँचीले बाली लगाएको १० वर्ष देखी १५ वर्षसम्म राम्ररी उत्पादन दिन्छ।
नेपाल एग्रो टुरिजमले पहाडी जिल्ला दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं. 1 को केही क्षेत्र र शैलुङ्ग गाउँपालिका वडा नं. 8 को केही क्षेत्र गरी करिव ३50 रोपनी जग्गामा अलैँची खेती गरेका छौँ। यो क्षेत्र अलैँची उत्पादनको लागि उपयुक्त रहेको छ। हामीले रामसाई, गोलसाई, भर्लाङ्ग, तोडी जातका अलैँचीको खेती गरेका छौँ। हामीले अर्गानीक अलैँचीको उत्पादन गरेर नेपाली बजार र विश्व बजारमा समेत निर्यात गर्ने गरेका छौँ।
नेपाल एग्रो टुरिजमले विद्यार्थीहरुको लागि इन्टर्न र किसानहरुको लागि आवश्यक तालिम र गुणस्तरिय विरुवाहरु उपलब्ध गराउँदै आएको छ। इन्टर्नको लागि र तालिमको लागि वर्षेनी विद्यार्थी तथा किसानहरु नेपाल एग्रो टुरिजमको सम्पर्कमा आउने गर्नुभएको छ।
यो स्वास्थ्यको हिसाबले पनि एकदमै राम्रो मानिन्छ। स्वास्थ्यबारे चर्चा गर्दा यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ। रक्तचापलाई नियमित गर्दछ। छालामा रगत प्रवाहलाई नियमित गर्दछ। भिटामिन सी, एन्टिअक्सिडेन्ट र आवश्यक खनिजको उपस्थितिको कारणले छालालाई चमक दिन्छ। ब्याक्टेरिया संक्रमणबाट प्रतिरक्षित राख्छ। यौन उत्तेजना र ऊर्जामा वृद्धि ल्याउँछ। टाउकोमा पोषण प्रवाहलाई नियमित गरी पर्याप्त चिलाउने समस्याबाट निदान दिलाउँछ। दाँतको स्वास्थ्यमा सकारात्मक प्रभाव ल्याउँछ। दाँत र गम संक्रमणसँग लडेर स्वासलाई निरन्तर ताजा बनाइराख्छ।