हामीलाई खोज्नुहोस्   
Quick Contact

सुन्तलाजात फलफूलमध्ये सुन्तला नेपालको रैथाने फलफूल हो। नेपालमा सुन्तला परापूर्व कालदेखि हुँदै आएको पाइन्छ। सन्तला फलको बोक्रामा स-साना तेलले भरिएको छिद्रहरु हुन्छन्। यस फलभित्र 9 देखि 12 सम्म केस्राहरु हुन्छन्।

उष्ण र समउष्ण हावापानीमा सुन्तलाको विरुवाको बृद्धि विकास राम्रो हुन्छ। यस्तो किसिमको फल हिउँदमा तूषारो पर्दा पानी नजम्ने र तापक्रम सुन्य डिग्री भन्दा तल नजाने स्थानहरुमा पाइन्छ। सामान्यतया नेपालको भौगोलीक अवस्था र हावापानी अनुसार 700 देखि 1500 मिटरको उचाईमा व्यवसायिक रुपमा सुन्तला खेती गर्न सकिन्छ। नेपालमा सुन्तला फल उचित तापक्रम, पर्याप्त प्रकाश, अनुकुल वर्षा र उर्वरा माटोले गर्दा छिमेकी देशको भन्दा स्वादिलो र गुणस्तरको फल उत्पादन हुन्छ।

पानी नजम्ने दोमट माटो र प्राङ्गारिक पदार्थ प्रसस्त भएको माटोमा सुन्ताल खेती राम्रो मानिन्छ। यस बाहेक रातो, चिम्ट्याइलो, कालो वा कमेरो माटोमा सुन्तलाको बोट लामो समय टिकाउ हुँदैन।

नेपाल एग्रो टुरिजमले पहाडी जिल्ला दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं. 1 को केही क्षेत्र र शैलुङ्ग गाउँपालिका वडा नं. 8 को केही क्षेत्र गरी करिव 150 रोपनीमा सुन्तला खेती गरेका छौँ। यो क्षेत्र सुन्तला उत्पादनको लागि उपयुक्त रहेको छ। हामी हाम्रो बगैँचामा अर्गानीक सुन्तला फल फलाउँदछौँ। हामीले लगाएका सुन्तलाका सबै विरुवाहरु कलमी विरुवाहरु हुन्। जुन कटिङ, लेअरिङ्, ग्राफ्टिङ्गबाट विरुवाको हाँगा, जरा आदी प्रयोग गरी विरुवा उत्पादन गरिएको हो। यो प्रविधिबाट उत्पादन भएका विरुवाहरु माउँबोटमा भएको जस्तो गुण हुन्छ। छिटो फल दिने, काँडा कम हुने, रोग सहन सक्ने क्षमता धेरै भएको र जरा राम्रोसँग फैलिन सक्ने किसिमको हुन्छ।

 

नेपाल एग्रो टुरिजमले विद्यार्थीहरुको लागि इन्टर्न र किसानहरुको लागि आवश्यक तालिम र गुणस्तरिय विरुवाहरु उपलब्ध गराउँदै आएको छ। इन्टर्नको लागि र तालिमको लागि वर्षेनी विद्यार्थी तथा किसानहरु नेपाल एग्रो टुरिजमको सम्पर्कमा आउने गर्नुभएको छ। सुन्तलाको बँगैचामा घुम्न र रमाउन चाहने पर्यटकहरुको लागि हामीले उपयुक्त व्यवस्था गरेका छौँ। वर्षेनी धेरै पर्यटकहरु प्राकृतिक वातावरणमा घुम्दै र रमाउँदै यहाँको फल खाने गर्नुभएको छ।

 

  1.  सुन्तलामा प्रशस्त साइट्राइट लिमोनोइड्स पाइने भएकोले फोक्सो, छाला, स्तन, पेट र मलाशयमा हुने क्यान्सरको जोखिम कम गर्छ । 
  2.  सुन्तलामा पाइने फाइबरको मात्राले पाचन प्रणाली बलियो बनाउन मद्दत गर्छ । दैनिक खाँदा कब्जियतबाट समेत छुटकारा पाउन सकिन्छ । 
  3.  मुटुरोग पोटासियमको कमीका कारण लाग्ने गर्दछ । सुन्तलामा पाइने पोटासियम र इलेक्ट्रोलाइट मिनरलले मुटुको गतिविधिलाई सुचारु राख्न मद्दत गर्छ । अनि, मुटु स्वस्थ रहन्छ । 
  4.  सुन्तलाको बोक्रा पिँधेर बनाइएको धुलो दूध पाउडर या गुलाबजलसँग मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।
  5.  सुन्तलाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले कोलेस्ट्रोल सन्तुलनमा राख्छ ।
  6.  थकाइ लागेका वेला सुन्तला खाँदा तत्कालै सहज महसुस हुन्छ । 
  7.  सुन्तलाले पिसाब अथवा मिर्गौलासम्बन्धी रोग निको पार्न सहयोग गर्छ ।
 
 
 
 
 
 

इन्टर्नको लागि जोडिनुहोस्

नेपाल एग्रो-टुरिजमसँग जोडिहोस्, र कृषिसँग सम्बन्धित विषयवस्तुहरु सिक्नुहोस् र अरुलाई पनि सिकाउनुहोस्।